पोखरामा असोजको अन्तिम साता दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल हुने

पाेखरा | असोज २२, २०८०

पोखरामा असोजको अन्तिम साता दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल हुने

पोखरा: पोखरा १६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा बडादशैंको अवसर पारी यही असोज २६ गते देखि २८ गतेसम्म स्थानिय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिताको साथै विविध कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष मिन वहादुर गुरुङले जानकारी दिनुभयो ।

 

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका १६, १९,२० र १ नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी टिमले सहभागिता जनाउन सक्ने र २४ गतेभित्र टिम दर्ताका लागि खुल्ला गरिएको संस्थाका प्रकास वस्नेतले वताउनु भयो ।“स्वास्थ्यका लागि खेलकुद” भन्ने अभियानका साथ प्रतियोगितालाई निरन्तरता दिईएको संस्थाले जनाएको छ । कार्यक्रममा भलिवल सहित रस्साकस्सी प्रतियोगिता, घैंटो फुटाउने, ठेलो हान्ने लगायतका सांस्कृतिक कार्यक्रम आयोजना गर्ने संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक गुरुङले वताउनु भयो । प्रतियोगितामा विजेतालाई च्यांङ्ग्रा, मेडल र ट्रफी तथा उपविजेतालाई भेडा, मेडल र ट्रफी प्रदान गरिने छ भने विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने वताईएको छ ।

 

प्रतियोगितामा एउटा वडावाट २ वटासम्म टिमले सहभागिता जनाउन सक्ने र चार वटा वडाका  करिव दश वटा टिमले सहभागिता जनाउने भलिवल प्रतियोगिता उपसमितिका संयोजक विशाल खड्काले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च लाग्ने र सो रकम विभिन्न संघ, संस्था तथा सहयोगीवाट संकलन गरिने आर्थिक उपसमितिका संयोजक केशव थापाले वताउनु भयो । कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका अध्यक्ष मिन वहादुर गुरुङको संयोजकत्वमा ९३ सदस्यीय मुल समिति र  विभिन्न १२ वटा उपसमितिका साथै  सल्लाहकार समिति समेत गठन गरिएको छ ।

 

कार्यक्रममा आर्कषणको रुपमा लिङ्गेपिङ्ग समेत राखिने संस्थाले जनाएको छ । उक्त संस्थाले अघिल्लो वर्ष पनि बडा दशैंको अवसरमा भेट्रान्स कप भलिवल तथा विविध कार्यक्रम आयोजना गरेको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्